भेरी अस्पतालमा पनि शुरु भयो प्लाज्मा थेरापीबाट संक्रमितको उपचार
हेल्थ टिभी अनलाइन \बाँके :बाँकेकाे भेरी अस्पतालमा पनि काेराेना संक्रमितका लागि प्लाज्मा थेरापी सेवा शुरू भएकाे छ ।
भेरी अस्पतालमा कोरोना संक्रमित बिरामीका लागि प्लाज्मा थेरापी दिन शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन्।
सिकिस्त भएका बिरामीका लागि प्लाज्मा दिन कोरोना संक्रमण भएर निको भएका नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले रगत दान गरेको पनि उनले जानकारी दिए ।उक्त प्लाज्मा आइसीयूमा रहेका एक जना सिकिस्त संक्रमितलाई दिने अस्पतालले जनाएको छ ।
प्लाज्मा थेरापीका लागि कोरोना भएर संक्रमण मुक्त भएका व्यक्तिले रगत दिनुपर्ने हुन्छ । उक्त रगत सिकिस्त भएका कोरोना संक्रमितलाई दिइन्छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त