नवजात शिशुलाई यही वर्षदेखि भिटामिन ‘के’ दिइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही आर्थिक वर्षदेखि नवजात शिशुलाई भिटामिन ‘के’ दिने भएको छ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले यसै वर्षबाट नवजात शिशुहरुलाई भिटामिन ‘के’ को सुई दिन लागिएको जनाएका हुन्। उनले त्यसका लागि खोप खरिद गर्न बजेट विनियोजन भइसकेको र सोही बमोजिम खोप खरिद गरी प्रदेश र स्थानीय तहमा पनि उपलब्ध हुने जनाए ।
उनले भिटामिन ‘के’ ले बालबालिकालाई घाउ चोटपटक लाग्दा हुने अत्यधिक रक्तश्राव रोक्ने जनाए । डा गौतमका अनुसार सरकारले हाल नेपालमा १२ प्रकारका खोपहरु बालबालिकालाई दिंदै आएको छ ।
भिटामिन ‘के’ नवजात शिशुहरुलाई सुईद्धारा दिइन्छ । डा गौतमले यो सुई लगाएपछि बालबालिकालाई घाउचोटपकबाट हुने रक्तश्रावलाई रोक्ने भएकाले धेरै नै उपयोगी हुने जनाए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु