पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौैं : ललितपुरको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार साउन ३० गतेदेखि पाटन अस्पतालमा उपचाररत काठमाडौंकी ५१ वर्षीया महिला र भदौ ८ गतेदेखि उपचाररत भक्तपुरका ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
काठमाडौंकी संक्रमित महिलाको शुक्रबार राती १०:४० बजे मृत्यु भएको र भक्तपुरका पुरुषको शनिबार बिहान ६:४० बजे मृत्यु भएको जनाइएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणबाट हुने मृत्यु ह्वात्तै बढेको छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य