पोखरामा थप एक जना चिकित्सकमा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : पोखरास्थित मणिपाल अस्पतालमा कार्यरत एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज गरिएको परीक्षण मध्ये साँझ ७ बजे ९ जनाको रिपोर्ट पोजेटिभ आएकोमा एक जना चिकित्सक रहेका छन्।
क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका लमजुङका ८ जना र कास्कीका १ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा लमजुङका ८ जना प्रहरी रहेको खुलेको छ भने कास्कीका १ जना भने मणिपाल अस्पतालका चिकित्सक रहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ६५ पुगेको छ ।
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा