भेरी अस्पतालका थप २ जना चिकित्सकमा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेको भेरी अस्पतालमा कार्यरत थप दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पताल स्रोतका अनुसार बुधबार गरिएको परीक्षणमा थप दुई जना चिकित्सकमा कोरोना पुष्टि भएको हो । यसअघि अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा राजन पाण्डे र कोभिड १९ का फोकल पर्सन समेत रहेका डा संकेत रिसाललाई कोरोना संक्रमण देखिएको थियो । उनीहरु यतिबेला आइसोलेसनमा छन्।
संक्रमण हुने चिकित्सकहरुमा एक जना फिजिसियन महिला र अर्का हाडजोर्नी विशेषज्ञ पुरुष रहेका छन्। पछिल्लो समय देशभरका अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मी नै धमाधम संक्रमणमा पर्न थालेका छन्। भेरी अस्पतालका मात्रै हालसम्म ४ जना चिकित्सकसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको अस्पतालले जनाएको छ ।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त