भेरी अस्पतालका थप २ जना चिकित्सकमा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन\ बाँके : बाँकेको भेरी अस्पतालमा कार्यरत थप दुई जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पताल स्रोतका अनुसार बुधबार गरिएको परीक्षणमा थप दुई जना चिकित्सकमा कोरोना पुष्टि भएको हो । यसअघि अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा राजन पाण्डे र कोभिड १९ का फोकल पर्सन समेत रहेका डा संकेत रिसाललाई कोरोना संक्रमण देखिएको थियो । उनीहरु यतिबेला आइसोलेसनमा छन्।
संक्रमण हुने चिकित्सकहरुमा एक जना फिजिसियन महिला र अर्का हाडजोर्नी विशेषज्ञ पुरुष रहेका छन्। पछिल्लो समय देशभरका अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मी नै धमाधम संक्रमणमा पर्न थालेका छन्। भेरी अस्पतालका मात्रै हालसम्म ४ जना चिकित्सकसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको अस्पतालले जनाएको छ ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार