बुटवलमा ५० वर्षीय कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एकजना संक्रमितको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिएका छन्।
५ दिनअघि कोरोना पोजेटिभ भएको पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता को समस्या रहेको डा थापाले जनाएका छन्।
योसँगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारसम्म आधिकारिक रुपमा दिएको जानकारी अनुसार नेपालमा १७५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त