कोरोना भाइरस अन्त्य हुन २ वर्ष लाग्न सक्छ : विश्व स्वास्थ्य संगठन
हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्व स्वास्थ्य संगठनका प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन्।
शुक्रवार जेनेभामा बोल्दै संगठनका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को स्पेनिस फ्लू नियन्त्रणमा आउन दुई वर्ष लागेको बताए। तर हाल प्राविधिक रुपमा बढी सबल भएका अवस्थामा उक्त भाइरस कम समयमा नियन्त्रणमा आउन सक्ने उनले बताए। पक्कै पनि बढ्दो घुलमिलका कारण भाइरस फैलन सक्ने पनि सम्भावना बढी छ, उनले भने। तर हामीसँग यसलाई रोक्नका लागि प्रविधि र ज्ञान पनि छ।
सन् १९१८को घातक फ्लूका कारण कम्तीमा ५ करोडले ज्यान गुमाएका थिए।
हालसम्म कोरोनाभाइरस संक्रमणका कारण ८ लाख बढी मानिसहरूले ज्यान गुमाएका छन् भने २ करोड ७० लाख भन्दा बढी संक्रमित भएका छन्।
महासचिव टेड्रोसले महामारीका बीच व्यक्तिगत सुरक्षा पोशाक पीपीईसँग सम्बन्धित भ्रष्टाचार सम्बन्धी प्रश्नलाई पनि सम्बोधन गरे र त्यसलाई अपराधको सङ्ज्ञा दिए।
कुनै पनि किसिमको भ्रष्टाचार स्वीकार्य छैन,उनले भने।
तर वास्तवमा मेरा लागि पीपीईसँग सम्बन्धित भ्रष्टाचार हत्या हो। किनकि स्वास्थ्यकर्मीहरूले पीपीई बिना काम गर्नु भनेको हामीले उनीहरूको ज्यान खतरामा पार्नु हो। र त्यसले उनीहरूले सेवा गरिरहेकाहरूको ज्यान समेत खतरामा पार्छ।
उक्त प्रश्न दक्षिण अफ्रिकासँग सम्बन्धित भए पनि अन्य विभिन्न मुलुकहरूमा यस्तै किसिमको समस्या भोगिरहेका छन्।
बीबीसीबाट:





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम