चितवनका २० सहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनका २० जनासहित थप ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना र पूर्वी नवलपरासी, मकवानपुर, बारा, रौतहट, पर्सा, र मकवानपुरका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा चितवनका मात्रै २० जना रहेका छन्। प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले गत २४ घण्टामा २७० जनाको पीसीआर परीक्षण गर्दा ३३ जनामा पोजेटिभ रिपोर्ट आएको बताइन् ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु