विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ लाख ८४ हजार
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना कहर झनझन बढ्दै गएको छ । वर्ल्डोमिटरका अनुसार गत २४ घण्टामा मात्रै २ लाख ५२ हजार संक्रमित थपिएका छन्।
यसैगरी ६ हजार २८७ जनाको कोरोनाबाट मृत्यु भएको छ । विश्वमा कुल संक्रमितको संख्या २ करोड २७ लाख बढी पुगेको छ भने हालसम्म ७ लाख ८४ हजार ३०७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
वर्ल्डोमिटरका अनुसार हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ करोड ५० लाख बढी रहेको छ । २१३ देशमा फैलिएको कोरोना भाइरस अहिले मुख्य ३ देश अमेरिका। ब्राजिल र भारतमा बढी प्रभाव पारेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन्। त्यसैगरी दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेको छ ।
अमेरिकामा मात्रै ५६ लाख ५५ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ७५ हजार बढी संक्रमितको ज्यान गएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम