काठमाडौं उपत्यकामा कोरोना कहर : २४ घण्टामा २०५ जनामा संक्रमण
काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
मंगलबार मात्रै काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या एकै दिन देखिएको अहिलेसम्मकै उच्च हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १३८ जना, ललितपुरमा ५० जना र भक्तपुरमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । हालसम्म ११४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम