गत २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ४ सय ४८ पुगेको छ । आज मात्रै १२४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १७ हजार २०१ रहेको छ ।
मन्त्रालयका अनुसार आज पर्सा,कपिलवस्तु र धनुषामा १\ १ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम