Health TV Online
Health TV Online
Health TV Online

यसपटकको चाडपर्वमा के गर्ने के नगर्ने ? यस्तो छ जनस्वास्थ्य मापदण्ड

यसपटकको चाडपर्वमा के गर्ने के नगर्ने ? यस्तो छ जनस्वास्थ्य मापदण्ड

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा यतिबेला यस वर्षको मुख्य चाडपर्वहरुको  मौसम शुरु भइसकेको छ । जनैपूर्णिमादेखि शुरु हुने चाडपर्व तिहार र छठ पर्वसम्म पुगेर टुंगिने गर्छ ।

तर यसपटकका चाडपर्व भने आफू खुशी मनाउन पाइने छैन्। विश्वभरी नै फैलिएको कोरोना महामारीका कारण सरकारले चाडपर्वहरु मनाउँदा पनि जनस्वास्थ्यलाई ख्याल गररे सुरक्षित भएर मनाउन आग्रह मात्र गरेको छैन् यसका लागि छुट्टै जनस्वास्थ्य मापदण्ड नै जारी गरेको छ । सोही मापदण्ड पालना गनेर मात्र चाडपर्व मनाउनुपर्नेछ । हेरौं यस वर्ष चाडपर्व मनाउँदा के गर्न पाइन्छ र के गर्न पाइँदैन् । सरकारले यही साउन २१ गते स्विकृत गरेको ‘कोभिड- १९ को सन्दर्भमा चाडपर्व जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड- २०७७’ यस्तो रहेको छ ।

चाडपर्व मनाउँदा व्यक्तिगत तहमा गर्नुपर्ने कुराहरु:

क) अत्यावश्यक र अनिवार्य 
१. सबै किसिमका चाडपर्व मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने । यदि भेटघाट गर्न परेमा २ मिटर दूरी कायम गर्ने ।

२. चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने। यदि जानै परेमा मास्क अनिवार्य प्रयोग गर्ने ।

३. चाडपर्व मनाउँदा उत्सव मनाउने स्थलमा प्रवेश गर्दा अनिवार्य साबुन पानीले हात धुने वा स्यानीटाईजर प्रयोग गर्ने ।

ख) आधारभूत रुपमा गर्नुपर्ने कुराहरु
१. धार्मिक स्थलमा हुने हरेक कार्यक्रममा २५ जना भन्दा बढी जम्मा हुन नपाइने ।
२. अभिवादन गर्दा भौतिक दूरी कायम गरेर दुई मिटरको दुरीमा रहेर गर्ने, अंकमाल नगर्ने ।

३. धेरै व्यक्तिहरुले छुने जस्तै देउताको मूर्ति, रेलिङ सकेसम्म नछुने । छुनै परे तुरुन्त साबुन पानीले हात धुने वा सेटिनाइजर प्रयोग गर्ने ।

४. अनुहार वरिपरीको भाग आँखा, नाक मुख सकेसम्म नछुने ।

५. खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने ।

६. गर्भवती, सुत्केरी, बालबालिका तथा दीर्घरोगी यस्ता भिडभाडमा नजाने ।

ग) आयोजकले गर्नुपर्ने कुराहरु
१. कोभिड संक्रमण नहोस भन्नका लागि भिडभाड नगराउने । भिड व्यवस्थापनका लागि तालिम प्राप्त स्वंसेवक परिचालन गर्ने ।
२. कार्यक्रम स्थालमा हात धुने साबुन पानी र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्ने ।
३.भौतिक दूरी कायम हुने गरी लाइनको व्यवस्था गर्ने ।
४. प्रवेश द्धारमा थर्मोमिटरले तापकक्रम जाँच गर्ने व्यवस्था गर्ने । १००.४ तापक्रम भएकालाई कार्यक्रम स्थलमा प्रवेश नगराउने ।
५. सकेसम्म टिका प्रसाद वितरण नगर्ने । गर्ने परेमा प्याकेजमा स्वस्थ व्यक्तिले पञ्जा लगाएर प्याक गर्ने व्यवस्था मिलाउने

६ .सहभागीको संख्या घटाउन विभिन्न उपायहरु अपनाउने जस्तै हरेक परिवारबाट एक जना मात्रै सदस्य उपस्थित गराउने

सकेसम्म आफनो घर परिवार मात्र बसेर घरमै चाडपर्व मनाउने, भिडभाड हुने मन्दिर तथा धार्मिक स्थलमा नजाने ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना