स्वास्थ्य मन्त्रालयको सबै अस्पताललाई निर्देशन : स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र काममा खटाउनु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र काममा खटाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।
पछिल्लो समय चिकित्सक तथा स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सबै अस्पताललाई स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्र कामकाजमा खटाउन निर्देशन दिएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा पछिल्लो समय कोभिड -१९ को संक्रमण बढ्दै गएको अवस्था छ । यस्तो अवस्थामा हामीसँग विभिन्न अस्पतालमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वस्थ राखी नियमित स्वास्थ्य सेवा प्रवाहमा कठिनाई हुन नदिने उपाय गर्दै जान ुबै निकायको कर्तब्य हो । त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित हुनबाट जोगाउन र संक्रमित चिकित्सक स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुनबाट जोगाउन सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र कामकाजमा लगाउन सबै अस्पतालहरुलाई अनुरोध गरिन्छ, उल्लेख छ ।’
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’