स्वास्थ्य मन्त्रालयको सबै अस्पताललाई निर्देशन : स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र काममा खटाउनु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र काममा खटाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।
पछिल्लो समय चिकित्सक तथा स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सबै अस्पताललाई स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गरेर मात्र कामकाजमा खटाउन निर्देशन दिएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा पछिल्लो समय कोभिड -१९ को संक्रमण बढ्दै गएको अवस्था छ । यस्तो अवस्थामा हामीसँग विभिन्न अस्पतालमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वस्थ राखी नियमित स्वास्थ्य सेवा प्रवाहमा कठिनाई हुन नदिने उपाय गर्दै जान ुबै निकायको कर्तब्य हो । त्यसैले चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित हुनबाट जोगाउन र संक्रमित चिकित्सक स्वास्थ्यकर्मीबाट सर्वसाधारणलाई संक्रमण हुनबाट जोगाउन सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको अनिवार्य पीसीआर परीक्षण गरेर मात्र कामकाजमा लगाउन सबै अस्पतालहरुलाई अनुरोध गरिन्छ, उल्लेख छ ।’
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो