विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नजिक, ७ लाख २४ हजारले गुमाए ज्यान
हेल्थ टिभी अनलाइन\ काठमाडौं : विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नजिक पुगेको छ । वर्ल्डोमिटरका अनुसार शनिबार बिहानसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख ४२ हजार ६२६ पुगेको छ । यसैगरी हालसम्म ७ लाख २४ हजार ७५ जनाले ज्यान गुमाइसकेका छन्।
गत २४ घण्टामा मात्रै २ लाख ७४ हजार नयाँ संक्रमित थपिएका छन् भने ६ हजार २१५ जनाको कोरोनाबाट मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार १ करोड २५ लाख संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन्। विश्वमा अहिले पनि ६२ लाख ६७ हजार भन्दा बडी सक्रिय संक्रमित रहेको बताइएको छ । हालसम्म कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका बन्न पुगेको छ । अमेरिकामा मात्रै झण्डै ५१ लाख मानिसमा संक्रमण पुष्टि भएको छ भने १ लाख ६४ हजार बढीले ज्यान गुमाएका छन्।
अमेरिकापछि ब्राजिल र भारत प्रभावित भएको पाइएको छ । ब्राजिलमा हालसम्म २९ लाख ६७ हजार मानिसमा संक्रमण देखिएको छ भने झण्डै १ लाख मानिसले ज्यान गुमाएका छन्। यसैगरी भारतमा २० लाख ८६ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ४२ हजार ५७८ जनालको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उता नेपालमा पनि संक्रमितको संख्या बढ्दो छ । हालसम्म नेपालमा २२ हजार बढीमा संक्रमण देखिएको छ भने ७० जनाले ज्यान गुमाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित