इन्सेकले साेध्याे, ‘लापरवाही गरे पनि दण्ड भाेग्नु नपर्ने कस्ताे कानुन चाहेकाे?’

काठमाडौ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले स्वास्थ्याेपचार पाउने नागरिकको अधिकारको रक्षा गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ।
इन्सेकले साेमबार प्रेस विज्ञप्ति जारी गरी अाइतबारदेखि आकस्मि बाहेकका ल्याब, रेडियोलोजी, प्रशासन गरी सबै ठप्प पारी नेपाल चिकित्सक संघ विरोधमा उत्रिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अध्यक्ष सुवोधराज प्याकुरेलले आन्दोलनबाट देशभरका बिरामी उपचार सेवाबाट बञ्चित भएकोमा चिन्ता व्यक्त गर्दै ‘लापरवाही गरेको प्रमाणित भएपछि पनि दण्डित हुनु नपर्ने कस्ताे कानुन चाहेकाे’ भनी प्रश्न गरे।
प्याकुरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अत्यावश्यक सेवा सञ्चालन ऐनमा स्वास्थ्य सेवा बन्द गर्न नपाइने व्यवस्था भएको र स्वास्थ्य सेवा बन्द गर्ने जस्तो अमानवीय कार्य नेपालको संविधान र कानूनको ठाडो उल्लङ्घन हुने उल्लेख छ।’
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा