पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
वीरगञ्ज महामनगरपालिका–९ माइस्थानका ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले पुष्टि गरेका छन्। डा शर्माले बिहीबार नै नेपाली सेनाले उनको शवको व्यवस्थापन समेत गरिसकेको बताए ।
वीरगञ्जबाट आएर पाटन अस्पतालमा साउन १७ गते भर्ना भएका उनी आइसीयूमा उपचाररत थिए । उपचारकै क्रममा बिहीबार उनको मृतयु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामी भएको डा शर्माले जनाएका छन्। उनको काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट टेसिङ गर्दा उनकी ५५ वर्षीय दिदीमा पनि कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।
हाल पाटन अस्पतालमा ७२ जना संक्रमितको उपचार भइरहेको पनि डा शर्माले जानकारी दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम