वीर अस्पतालका एक जना वरिष्ठ चिकित्सकमा कोरोना पुष्टि

कल्पना आचार्य \काठमाडौं : काठमाडौंको वीर अस्पतालमा कार्यरत एक जना वरिष्ठ चिकित्सकमा आज कोरोना संक्रमण पुष्टि भएको छ ।
मेडिसिन तर्फका डा रहेका उनमा आज वीर अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । उनी मेडिसिन तर्फका सिनियर चिकित्सक रहेको खुलेको छ । आजैबाट वीर अस्पतालाई पनि कोरोना अस्पतालको रुपमा स्वास्थ्य मन्त्रालयले सूचीकृत गरेकाले उनको वीर अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिएको जनाइएको छ ।
उनले केही दिनदेखि आफूलाई ज्वरो आएकाले हिजो राति अस्पतालमा भर्ना भई आज बिहान कोरोना परीक्षण गर्नका लागि स्वाब दिएका थिए । उनी साँझको समय निजी अस्पातलमा पनि कार्यरत रहेको बुझिएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा