स्वास्थ्य मन्त्रालयले भन्यो, कोरोना संक्रमण बढ्दै जाँदा अस्पतालमा बेड नै नपाइन सक्छ, बेलैमा सतर्क बनौँ
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बढदै जाँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आउन सक्ने संकेत गर्दै सर्वसाधारणलाई बेलैमा सचेत रहन आग्रह गरेको छ ।
मन्त्रालयलयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित मिडिया ब्रिफिङमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले स्वास्थ्य सेवा दिने स्वास्थ्यकर्मी, उपकरण एवं बेडको समेत अभाव हुन सक्ने भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पूरा गर्न आग्रह गरेका हुन्।
डा गौतमले कोरोनाको कुनै उपचार नै नभएकाले यसबाट बच्न आफ्नै प्रयासबाट मात्र सम्भव हुने भन्दै अनिवार्य मास्क लगाउन, एक अर्कावीच दूरी कायम गर्न र अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन समेत आगह्र गरेका छन्। उनले कुनै पनि सरकारी निजी वा सामूदायिक कार्यालयहरुमा कुनै पनि सभा, सम्मेलन, बैठक एवं जमघट नगर्न पनि अपिल गरे। उनले भने, ‘यदि अत्यावश्यक नै भए भर्चुअल रुपमा यस्ता क्रियाकलाप गर्नुस्।
लकडाउन खुलेसँगै काठमाडौं उपत्यका लगायतका स्थानमा कोरोना समूहमा बढी देखिन थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो । पछिल्लोपटक पुष्टि भएका अधिकांस संक्रमितमा लक्षण देखिन थालेपछि स्वास्थ्य मन्त्रालय बढी चिन्तित भएको अनुमान गएिको छ ।
नेपालमा संक्रमितको संख्या २१ हजार ७५० पुगिसकेको छ भने ६५ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने