थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या ६० पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ३८१ जनामा कोरोना संक्रमण पुष्ट भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म विभिन्न अस्पतालमा उपचार गराइरहेका सक्रिय संक्रमितको संख्या ६१७४ रहेको छ । गत २४ घण्टामा १३० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १५ हजार १५६ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६० जनाले ज्यान गुमाएका छन्। आज मात्रै दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा