नेपालगञ्ज कारागारका १३ जनालाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज कारागारबाट संकलित नमुना मध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालले आज साँझ ५ बजे विज्ञप्ति जारी गर्दै नेपालगञ्ज कारागारबाट संकलित नमुनामध्ये १३ जनामा कोरोना पुष्टि भएको जनाएको हो ।
कारागारका १३ र अर्का दाङका एक जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बाँकेमा समुदाय स्तरमा कोरोना देखिन थालेपछि स्थानीय प्रशासनले आइतबारदेखि आज अर्थात मंगलबारसम्म निशेषाज्ञा जारी गरेको थियो । सो समय थपेर निशेधाज्ञा शनिबारसम्म पुर्याइएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा