बैतडीमा एक थुनुवा र सुत्केरी महिलामा पनि संक्रमण पुष्टि
शेर भण्डारी \डडेल्धुरा : बैतडीमा एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । बैतडी जिल्लाको पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। उनी अहिले बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा रहेका छन्।
स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार उनीसहित सोमबार बैतडीमा थप सात जनामा कोरोना पुष्टि भएको छ। उनका अनुसार डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । उनीहरुलाई आइसोलेसनमा पठाउने तयारी भएको बताइएको छ ।
७ जना मध्ये एक जना दुई दिनकी सुत्केरी महिला समेत रहेको भट्टले बताए।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित