काेराेनाकाे जाेखिम बढेकाे भन्दै विराटनगर महानगरले गर्यो अत्यावश्यक बाहेकको सेवा बन्द
हेल्थ टिभी अनलाइन \विराटनगर: विराटनगर महानगरपालिकाले कोरोनाको संक्रमण समुदायमा फैलिएको भन्दै यसलाई नियन्त्रण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य सोमबारदेखि स्थगित गर्ने निर्णय गरेको छ।
आइतबार महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिसबाहेकका अन्य सबै सेवा स्थगित गर्ने निर्णय गरिएको पराजुलीले बताए ।
बैठकले नगरक्षेत्रभित्र संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि हुँदै गएकाले सचेतनाका साथ स्वास्थ्य एवम् सुरक्षामा आवश्यक कडाइ गर्ने पनि निर्णय गरेको छ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम