कोरोना संक्रमित विराट मेडिकल कलेजका सञ्चालक डा कार्कीलाई काठमाडौं ल्याइयो
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण पुष्टि भएका विराट मेडिकल कलेजका संचालक डा ज्ञानेन्द्रमान सिंह कार्कीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको छ ।
कोरोना पुष्टि भए पनि शुरुमा होम आइसोलेसनमै बसेका डा कार्की शुक्रबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए । उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि काठमाडौं ल्याइएको हो ।
त्रिवि शिक्षण अस्पतालका कोभिड -१९ नियन्त्रण सम्बन्धी समितिका संयोजक डा सन्तकुमार दासले उनमा निमोनिया देखिएपछि अस्पतालमा भर्ना गरिएको बताए । उनले डा कार्कीको अवस्था अहिले सामान्य रहेको पनि जानकारी दिए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित