अमेरिकामा ४० लाख मानिसमा कोरोना संक्रमण, १ लाख ४४ हजारको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : अमेरिकामा हालसम्म ४० लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार हाल ४० लाख २८ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ भने हालसम्म १ लाख ४४ हजार मानिसको मृत्यु भइसकेको छ ।
गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको सबैभन्दा चपेटामा अमेरिका परेको देखिन्छ । अमेरिकामा विगत १६ दिनदेखि लगातार दैनिक ५० हजार संक्रमित फेला पर्दै आएका छन्। मंगलबार मात्र त्यहाँ ६६ हजार बढी मानिसमा कोरोना पुष्टि भएको छ ।
अमेरिकामा पछिल्लो दुई महिनामा संक्रमितको संख्या दोब्बर पुगेको छ । यसैगरी कोरोना जितेर घर फर्किनेको संख्या नै १८ लाख ८५ हजार पुगेको छ । वर्ल्डोमिटरका अनुसार अमेरिकाको न्यूयोर्क सबैभन्दा बढी प्रभावित भएको छ । न्यूयोर्कमा मात्रै ४ लाख ३५ हजार ७५३ संक्रमित रहेका छन् भने ३२ हजार ६०२ जनाको कोरोनाबाट मृत्यु भएको बताइएको छ ।
शुरु शुरुमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भन्दै हल्का रुपमा लिएका थिए । तर यतिबेला अमेरिका नै बढी प्रभावित बन्न पुगेको छ ।
बालबालिकाको आँखाको नानीमा सेतो टिका छ ? क्यान्सर पनि हुनसक्छ !
नेपाल क्यान्सर अस्पतालको वार्षिकोत्सवमा रक्तदान, वाकाथन तथा नि:शुल्क ओपीडी सेवा
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला