सेनिटाइजर दर्ताको समय थप गर्न नहुने भन्दै आन्दोलनमा उत्रिएका औषधि उत्पादक आज पनि धर्नामा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सेनिटाइजर दर्ताका लागि म्याद थप गर्न हुँदैन भन्दै सोमबारदेखि आन्दोलन थालेका औषधि उत्पादकहरुले आज पनि विरोध जनाएका छन्।
बबरमहलस्थित औषधि व्यवस्था विभागको कार्यालयमा नेपाल औषधि उत्पादक संघले आज बिहान ११ बजेदेखि साढे १ बजेसम्म धर्ना दिएर विरोध जनाएको हो ।
स्वास्थ्य मन्त्रालयले असार २२ गते सेनिटाइजर दर्ताका लागि तीन महिना समयावधि दिने निर्णय गरेको थियो । उनीहरुले सो निर्णयको विरोध गर्दै यसअघि नै ध्यानाकर्षण समेत गराएका थिए । संघका अनुसार दर्ता समय थपिनु भनेको बिना दर्ता र बिना गुणस्तर परिक्षण थप ३ महिना बजारमा सेनिटाइजर बिक्री गर्न दिनु जनताको स्वास्थ्य माथिको खेलवाड हो।
संघले नेपाली औषधि उद्योगहरुको प्रवर्धनको विरुद्धमा गरिएका निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ । भोलिसम्म पनि मागको सुनुवाई नभए पर्सिबाट थप कडा आन्दोलनमा जाने संघका महासचिव विप्लव अधिकारीले जानकारी दिए ।
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना