गत २४ घण्टामा ३ हजार ६४८ जनाको कोरोना परीक्षण, ७० जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या केही दिन यता घट्दै गइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी जम्मा ७० जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा जम्मा ७० जनामा कोरोना पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको छ ।
यसैगरी आज कोरोना जितेर ४३१ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ८ हजार ८ हजार ४ सय ४२ पुगेको छ । कोरोनाको आशंकामा देशभरका विभिन्न आइसोलेसन सेन्टरमा रहनेको संख्या २४ हजार ९७ रहेको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने