लकडाउनका बेला मातृका आई सेन्टरको नि:शुल्क सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं: काठमाडौंको पुरानो बानेश्वरमा रहेको मातृका आई सेन्टरले तीन महिनादेखि आँखाको शल्यक्रिया सहितको सेवा नि:शुल्क प्रदान गर्दै आएको छ।
कोरोना महामारीका कारण देशमा भएको लकडाउनको समयमा पनि सेवा सञ्चालन गर्दै इमरजेन्सी रुपमा आएका र तुरुन्त सेवा चाहिने बिरामीलाई सेन्टरले निःशुल्क सेवा दिइरहेको हो । सेन्टरका मेडिकल डाइरेक्टर डा किशोरराज प्रधानले भने, ‘लकडाउनका कारण धेरै जना आर्थिक रुपमा पनि कमजोर भएका बेला के उपचार खर्च लिनु भनेर हामीले नसक्ने बिरामीलाई पैसा नलिइकन उपचार गरिरहेका छौं । यसलाई पछि पनि निरन्तरता दिने सोचमा छौं ।’
सेन्टरले आँखामा लाग्ने चोटपटक, चिकित्सकको परामर्श एवं अन्य आँखा सम्बन्धी समस्याको सेवा यो अवधिमा निशुल्क प्रदान गरेको हो । गत चैत ११ देखि लकडाउन शुरु भएपछि मात्रै २ हजार भन्दा बढीले आइ सेन्टरबाट निःशुल्क सेवा लिएको जनाइएको छ । सेन्टरले अति आवश्यक हुने र आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीको मोतियाबिन्दु लगायतका आँखाको शल्यक्रिया नि:शुल्क रुपमा गर्दै आएको छ । जसका कारण धेरैले आँखाको ज्योति गुमाउनबाट बचेका छन्।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने