स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन शुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौं शिखर सम्मेलन काठमाडौंमा आजदेखि शुरु भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले आयोजना गरेको सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गरेका थिए । मन्त्री ढकालले सम्मेलन उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रका निती तथा कार्यक्रम तर्जुमाका लागि स्वास्थ्य अनुसन्धान अत्यन्त आवश्यक रहेको बताए ।
‘अन्तरविषयक अनुसन्धानको माध्यमबाट उदयमान जनस्वास्थ्यका सवालहरूकाे सम्बाेधन’ भन्ने नारा दिइएको सम्मेलन दुई दिन अर्थात भोलिसम्म चल्नेछ । सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ८६ वटा जनस्वास्थ्यका विषयमा अनुसन्धान प्रस्तुत गर्ने परिषदका कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले जानकारी दिए । ती मध्ये ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटाको पोष्टर प्रस्तुतिकरण हुने बताइएको छ । यसका साथै १० वटा आमन्त्रित प्रस्तुतीकरण समेत रहने छ।
प्रत्येक वर्ष आफनो वार्षिकोत्सवमा सम्मेलन गर्दै आएको परिषदले यसपटक कोरोना महामारीका कारण सम्मेलन भर्चुअल रुपमा गरेको हो । सम्मेलनमा उत्कृष्ट वैज्ञानिकहरुलाई अवार्डद्वारा सम्मानित समेत गरिने छ। सम्मेलन भोलिसम्म चल्नेछ
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स