बाग्लुङ र तनहुँमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं : गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै आव तनहुँ र बाग्लुङका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ९१ पुगेको छ ।
निर्देशनालयका अनुसार आज प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेहरु तनहुँ ब्यासका एक जना यसैगरी शुक्लागण्डकीका १ जना र बाग्लुङ काठेखोलाका एक जना रहेका छन्।
उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा लैजान लागिएको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले बताएका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने