Health TV Online
Health TV Online
Health TV Online

उपचार खर्च तिर्न नसक्दा क्यान्सर पीडित दिना अस्पतालमै अलपत्र

उपचार खर्च तिर्न नसक्दा क्यान्सर पीडित दिना अस्पतालमै अलपत्र

कल्पना आचार्य \काठमाडौं : बाँके खजुराकी २४ वर्षीया दिना परियार क्यान्सर लागेपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएको १० महिना भइसकेको छ ।

उनी त्रिवि शिक्षण अस्पतालको बेड नम्बर ६०४ मा बसेकी छिन्। फोक्सोको क्यान्सर लागेकी दिनाको उपचारमा संलंग्न चिकित्सक डा अन्जन श्रेष्ठले दश महिनाको उपचारपछि उनलाई अब अस्पतालको सेवा नचाहिने र फलो अपमा मात्र आए पुग्ने भन्दै डिस्चार्जका लागि लेखिदिइसकेका छन् । तर दिनाको आफनै व्यथा छ । सामान्य लुगा सिलाएर परिवार पाल्दै आएकी उनले सबैले सहयोग गरेर चन्दाबाट उठेको पैसाले अहिलेसम्मको उपचार त गरिन तर अस्पताल बसेको पैसा भने केही महिनादेखि  तिरेकी थिइनन्। अस्पतालले पनि प्रत्येक महिनाको बिल चढाउँदै गयो । अब अस्पताल बसेको मात्रै २ लाख बढी बिल आइसकेको दिना बताउँछिन्। त्यही पैसा तिर्न नसक्दा क्यान्सर जिते पनि उनी अस्पतालबाट घर जान सकेकी छैनन्।

उनको उपचार त भयो क्यान्सर निको पनि भयो तर उपचारको पैसा तिर्न नसक्दा एक महिना अघि डिस्चार्ज गर्न भनिए पनि घर जान पाएकी छैनन्। उनी भन्छिन्, ‘शुरुमा क्यान्सर लागेपछि यस्तो गरीब मान्छे कसरी उपचार गरेर बाँचुला जस्तो लागेको थियो तर अहिले डाक्टरले बचाउनु त भयो अब अस्पतालबाट कसरी बाहिर निस्कन सकुँला ।’ उनले रुँदै भनिन्, ‘सहयोगी हातहरुले मेरो व्यथा सुनेर यहाँबाट निकालिदिए म यो सबै कपडा सिलाएर भए पनि तिर्थे ।’

उनको उपचार त भयो क्यान्सर निको पनि भयो तर उपचारको पैसा तिर्न नसक्दा एक महिना अघि डिस्चार्ज गर्न भनिए पनि घर जान पाएकी छैनन्। उनी भन्छिन्, ‘शुरुमा क्यान्सर लागेपछि यस्तो गरीब मान्छे कसरी उपचार गरेर बाँचुला जस्तो लागेको थियो तर अहिले डाक्टरले बचाउनु त भयो अब अस्पतालबाट कसरी बाहिर निस्कन सकुँला ।’ उनले रुँदै भनिन्, ‘सहयोगी हातहरुले मेरो व्यथा सुनेर यहाँबाट निकालिदिए म यो सबै कपडा सिलाएर भए पनि तिर्थे ।’

डा श्रेष्ठका अनुसार उनलाई अब पन्ध्र दिनमा एकपटक अस्पताल फलो अपमा आए मात्रै पुग्छ । अस्पताल बसिरहन पर्दैन्। डा श्रेष्ठले दिनालाई घर जानु भनेकै एक महिना भइसक्यो । तर उनी पैसा तिर्न नसक्दा अस्पतालबाट निस्कन सकेकी छैनन्। उता अस्पताल प्रशासनले पनि बिरामी निको भइसकेकोले छिटो भन्दा छिटो बेड खाली गरिदिन भनिरहेको छ । अन्य सिकिस्त बिरामीलाई बेडमा राख्नुपर्छ भन्दै बेडबाट निस्कन ताकेता गरिरहेको उनको भनाई छ ।

अस्पतालसँग कुरा गर्दा पूरा पैसा बुझाएपछि मात्र डिस्चार्ज हुन पाइने बताएको उनको गुनासो छ । दिना भन्छिन्, ‘आफै दुई छाक राम्ररी खान नपाएको पनि धेरै भइसक्यो यस्तो अवस्थामा लकडाउनले गर्दा सहयोग गर्न चाहने पनि आउन सक्नु भएको छैन्, म के गरौं भन्ने चिन्तामा छु।’

उनले भनिन्, ‘म जस्तो गरिबलाई क्यान्सर लाग्यो भने मर्नुको विकल्प हुँदोरहेनछ । तर पनि कोही ठुलो मन भएकाहरुले सहयोग गरेर मलाई यहाँबाट निकाल्न मद्दत गर्नुहुन्छ कि भन्ने आशामा छु । कृपया मलाई यहाँबाट निस्कन मद्दत गरिदिनुस्।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार