सुदूरपश्चिममा आज थपिए ६४ जना संक्रमित
हेल्थ टिभी अनलाइन\डडेल्धुरा: सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि भएको छ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
उनका अनुसार आज पुष्टि भएका मध्ये ५५ जना पुरुष र ९ जना महिला रहेका छन्। डडेल्धुराका २४ जना, कञ्चनपुरका २१ जना, कैलालीका ११ जना, बझाङका पाँच जना, डोटीका तीन जनामा कोरोना पुष्टि भएको हो।
बझाङको बिथ्थडचिरका दुई जना, केदारस्यूका दुई जना, खप्तडछानाको १ जना, डडेल्धुराको अमरगढीका एक जना, नवदुर्गाका २३ जना, डोटीको जोरायलका दुई जना, सायलका एक जना, कैलालीको चुरेका पाँच जना, धनगढीका दुई जना, गोदावरीका दुई जना, लम्की चुहाका एक जना, टीकापुरका एक जना, कञ्चनपुरको पुनरवासका दुई जना, लालझाडीका १४ जना, महाकालीका तीन जना, बेदकोटका एक जना, कञ्चनपुरकै थप एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई सय ५५ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ७८ जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका १६, डोटीका १३, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम