Health TV Online
Health TV Online
Health TV Online

कोरोनाबाट बढी प्रभावित देशहरुको सूचीमा भारत चौंथो स्थानमा

कोरोनाबाट बढी प्रभावित देशहरुको सूचीमा भारत चौंथो स्थानमा

हेल्थ टिभी अनलाइन: कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिस संक्रमित हुने देशहरुको सूचीमा भारत चौंथो स्थानमा उक्लिएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ शनिबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३ लाख ८ हजार ९ सय ९३ पुगेको छ ।

यसैगरी भारतमा हालसम्म ८ हजार ८ सय ८४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा मात्रै ११ हजार ४ सय ५८ संक्रमित थपिएका छन्। भारतमा एकैदिन देखिएको संक्रमितको यो संख्या अहिलेसम्मकै धेैरै भएको त्यहाँको मन्त्रालयले जनाएको छ ।  कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा ३८६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोना उपचार गरी निको भएर घर फर्किनेको संख्या १ लाख ५४ हजार भन्दा बढी रहेको छ ।

भारत कोरोनाको सबैभन्दा बढी प्रभावित हुने देशहरुमा चौथों नंम्बरमा रहेको छ । अमेरिका, ब्राजिल, रुस पछि भारतमा धेरै संक्रमित देखिएका छन्। भारतमा लगातार ९ दिनदेखि १० हजारका दरले दैनिक रुपमा संक्रमित बढिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार