भरतपुर अस्पतालमा कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भरतपुर अस्पतालको आइसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भएको छ ।
भरतपुर वडा नं ११ का ६८ वर्षीय पुरुष संक्रमितको आज बिहान ७:०५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै संक्रमितको मृत्युको वारेमा जानकारी दिएको हो । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएपछि नारायणी सामूदायिक अस्पतालबाट भरतपुर अस्पतालको कोभिड आइसीयूमा सारिएको थियो ।
मृतकमा मुटुरोग, मधुमेह एवं निमोनियाको समेत समस्या रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम