बाँकेमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन\ काठमाडौं: बाँकेमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेको जानकी गाउँपालिका वडा नं १ का १५ देखि ३२ वर्षका ४० जनामा र नेपालगञ्ज वडा नं १२ र १५का ३५ र २० वर्षका दुई जनामा कोरोना पुष्टि भएको हो । संक्रमित हुने सबै पुरुष हुन्।
योसँगै बाँकेमा मात्रै हालसम्म २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार आज मात्रै विभिन्न जिल्लामा गरी ३३४ जना नयाँ संक्रमित फेला गरेका छन्। यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ सय ३४ पुगेको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम