नेपालमा थप १३ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या १३४ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३ जनाका कोरोना पोजेटिभ देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो जानकारी दिएको हो । योसँगै संक्रमितको संख्या १३४ पुगेको छ । कपिलवस्तु रुपन्देही र बर्दियामा गरी १३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
सोमबार काठमाठौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कपिलवस्तु एशोधरा गाउँपालिका -८ र बुद्धभूमी नगरपालिका -७ निवासी १५ देखि ३८ वर्षका पुुरुष र रुपन्देही समरीमाई गाउँपालिका -७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका- ६ निवासी १४ देखि ४० वर्षका पुरुष एवं बर्दिया राजापुर निवासी ११ वर्षकी बालिकामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
यसअघि आज बिहान मात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै आज मात्रै २४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम