ह्याम्स अस्पतालमा ‘ओस्टियोपोरोसिस’सम्बन्धी निःशुल्क शिविर
काठमाडौं : धुम्बाराहीस्थित ह्याम्स अस्पतालले ‘ओस्टियोपोरोसिस’सम्बन्धी निःशुल्क शिविरको आयोजना गरेको छ।
उमेर बढ्दै जाँदा देखिने हड्डी खिइने समस्या ओस्टियाेपोरोसिसका बारेमा अस्पतालले तीनदिने शिविर सञ्चालन गरेको हो। शिविरमा बिरामीलाई हड्डी कसरी खिइन्छ र यसबाट कसरी बच्ने भन्नेबारे प्रस्तुति दिइएको थियो ।
हाडजोर्नी रोगका विशेषज्ञ चिकित्सक डा. भाष्करराज पन्त, डा.विज्ञान भण्डारी, डा.सन्दीप भण्डारी, डा.प्रशान्त अधिकारी र डा.रवीन्द्र बस्नेतलगायतले ओस्टियाेपोरोसिसका बिरामीमा आउनसक्ने अन्य समस्याबारे जानकारी गराएका थिए।
उनीहरूले याे राेगकाे प्रभावबाट बच्ने उपायबारे पनि जानकारी दिएका थिए। शिविरमा ४०० जनाले सेवा लिएका थिए।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै