डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा ओझा
हेल्थ टिभी अनलाइन \डडेल्धुरा: संघीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालले करिब २ वर्षपछि विकास समिति अध्यक्ष पाएको छ। अस्पताल विकास समितिको अध्यक्षमा करूणाकर ओझा नियुक्त भएका छन्। मन्त्रिस्तरको निर्णयले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।
ओझालाई विकास समितिको अध्यक्षमा नियुक्त गरिएको आधिकारिक पत्र शुक्रबार मात्रै अस्पतालमा पुगेको अस्पतालले जनाएको छ। उक्त समितिको कार्यकाल तीन वर्षको हुने छ। ओझासहित अन्य ३ सदस्यलाई विकास समितिमा नियुक्त गरिएको पत्र अस्पतालमा पुगेपछि विकास समितिले पूर्णता पाएको हो। अस्पताल विकास समितिको सदस्यहरूमा जनक मल्ल, किशोरी धामी र छत्र जोशी रहेका छन्।
डडेल्धुरा अस्पताल डडेल्धुराको विकासका लागि कटिवद्ध भएर लाग्ने ओझाको भनाइ छ। सम्पूर्ण पक्षसँग समन्वय तथा छलफल गरेर अस्पताल विकासमा लाग्ने उनले प्रतिबद्धता जनाएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम