१६ हजार ८ सय ९८ जनाको पीसीआर परीक्षण हुँदा ११० जना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा हालसम्म पीसीआर विधिमार्फत १६ हजार ८ सय ९८ जनाको परीक्षण गरिएको छ । ती मध्ये हालसम्म ११० जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुराको जानकारी दिएका हुन्। यसैगरी मन्त्रालयका अनुसार आरडीटी विधिमार्फत हालसम्म ५६ हजार ६ सय ५७ जनाको परीक्षण गरिएको छ । आजसम्मको तथ्यांक अनुसार नेपालमा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन्।
प्रदेश नंबर १ मा ३५ जना, प्रदेश २ मा ३१ जना, बाग्मती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नं ५ मा ३० र सुदूरपश्चिममा ५ जना संक्रमित भेटिएका हुन्। संक्रमितमध्ये ३१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गत २४ घण्टामा १ हजार ३ सय १६ जनाको पीसीआर विधिमार्फत परीक्षण गरिएको छ । यसैगरी १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेका छन्। संक्रमितसहित कोरोनाको आशंकामा आइसोलेसनमा रहनेको संख्या १ सय ६४ रहेको छ । उपत्यका ३ र उपत्यका बाहिर १ सय ६१ जना आइसोलेसनमा छन्। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम