गोसाइँकुण्डमा निःशुल्क स्वास्थ्य शिविर

रसुवा : श्रावण शुक्ल एकादशीदेखि जनैपूर्णिमामा लाग्ने मेलालाई केन्द्रित गरी गोसाइँकुण्डलगायत आवश्यक स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
हिमालय उद्धार सङ्घ, लौरीविनायकमा अक्सफोर्ड युनिभर्सिटी क्लिनिक रिसर्च युनिटअन्तर्गतको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, गणेश गौँडामा सक्षम नेपाल नामक, चोलाङ्पाटी र चन्दनबारीमा लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणले स्वास्थ्य शिविर शुरु गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिए।
स्वास्थ्य शिविर गोसाइँकुण्डमा अक्सिजनसहित छ चिकित्सकको समूहले निःशुल्क उपचार सेवा दिइरहेको समितिले जनाएको छ । नेपाली सेनाले भने आफ्ना चिकित्सकद्वारा तीन दिन अघिदेखि उपचार सेवा प्रदान गरिरहेको र उद्धार टोलीसमेत तैनाथ गरेको कालीजंग गणले जनाएको छ ।
घट्दो जन्मदरको निर्धारक जीवनयापनका लागि बढ्दो खर्च : युएनएफपिए
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा