गोसाइँकुण्डमा निःशुल्क स्वास्थ्य शिविर
रसुवा : श्रावण शुक्ल एकादशीदेखि जनैपूर्णिमामा लाग्ने मेलालाई केन्द्रित गरी गोसाइँकुण्डलगायत आवश्यक स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
हिमालय उद्धार सङ्घ, लौरीविनायकमा अक्सफोर्ड युनिभर्सिटी क्लिनिक रिसर्च युनिटअन्तर्गतको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, गणेश गौँडामा सक्षम नेपाल नामक, चोलाङ्पाटी र चन्दनबारीमा लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजंग गणले स्वास्थ्य शिविर शुरु गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डीएमले जानकारी दिए।
स्वास्थ्य शिविर गोसाइँकुण्डमा अक्सिजनसहित छ चिकित्सकको समूहले निःशुल्क उपचार सेवा दिइरहेको समितिले जनाएको छ । नेपाली सेनाले भने आफ्ना चिकित्सकद्वारा तीन दिन अघिदेखि उपचार सेवा प्रदान गरिरहेको र उद्धार टोलीसमेत तैनाथ गरेको कालीजंग गणले जनाएको छ ।
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन