स्वास्थ्य कार्यालय सहयोगीको हत्या
दार्चुला : मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ। मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए।
मंगलबार घरमा एक्लै सुतिरहेका अवस्थामा उनको हत्या गरिएको प्रहरीले जनाएको छ। हत्याराले ठगुन्नाको साथमा रहेको १० लाख रुपैयाँसमेत लुटेर लगेको स्थानीयवासिन्दाकाे दाबी छ। तराईमा बस्दै आएका श्रीमती र छोरालार्इ पठाउन जम्मा गरेको १० लाख रुपैयाँकै लागि ठगुन्नाको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य