कुष्ठराेग र यसकाे उपचारबारे नजानी नहुने कुरा
कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइक्रोब्याक्टेरियम लेप्रे’ नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो। ९५ % मानिसमा कुष्ठरोगको कीटाणुसँग लड्नसक्ने क्षमता हुन्छ।
यो रोग मानिसबाट मानिसमा सर्छ। उपचार नगरिएको कुष्ठरोगका बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यमबाट यो सर्न सक्छ (लामो समय भन्नाले कम्तीमा हप्तामा २० घण्टाभन्दा बढी समय सम्पर्कमा रहने व्यक्ति)।
शुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई सर्दैैन र अपांगता पनि हुँदैन। कुष्ठरोग पनि अरुजस्तै साधारण सरुवा रोग हो।
नियमित उपचारबाट कुष्ठरोग पूणरूपमा निको हुन्छ, एक मात्रा बहु–औषधि सेवन गरेपछि ९९. ९% कीटाणु निस्क्रिय भई रोग अरुलाई सर्दैन।
कुष्ठरोगको उपचार स्वास्थ्य संस्थाहरूमा निःशुल्क रूपमा पाइन्छ। कुष्ठरोगको नियमित उपचार पूरा गरेपछि एक हजार रुपैयाँ र रोगबाट हुने जटिलताको उपचार गर्न प्रेषण अस्पतालमा भर्ना हुने प्रभावितलाई थप एक हजार रुपैयाँ यातायात खर्च सरकारले दिने गरेको छ।
उपचारपछि पनि लामो समयसम्म छुँदा थाहा नहुने दाग रहिरहन सक्छ। कुष्ठरोगले हातगोडा र आँखामा असर भएका प्रभावितले उपचारमुक्त भएपछि पनि स्वयं हेरचाह र विशेष हेरचाह गर्नुपर्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य