ग्यास्ट्रिककाे आयुर्वेदिक उपचार

सामान्यतया पेटमा एक किसिमको एसिड हुन्छ , जसले खाना पचाउनेदेखि लिएर खानासँगै पेटमा पुगेका ब्याक्टेरिया मार्ने गर्छ । यदि पेटमा एसिड उत्पादन बढी भएमा तन्तु जलाउने हुन्छ, जसलाई ‘ग्यास्ट्रिक’ वा ‘ग्यास्ट्राइटिस’ भनिन्छ ।
ग्यासट्राइटिस हुनुको प्रमुख कारण खानपानमा अनियमितता नै हो । जे पायो त्यही खाने, कहिले धेरै खाने वा कहिले खाना नै नखाने, बढी अत्यधिक मसलायुक्त खाना खाने बानीका कारण ग्यास्ट्रिक हुन्छ।
नियमित जंकफुड र फास्टफुड सेवनबाट समेत ग्यास्ट्रिक हुन्छ । तारेको खानेकुरा धेरै खानेहरूलाई पनि ग्यास्ट्रिक हुने सम्भावना बढी हुन्छ ।
दीर्घरोगमा सेवन गरिने कतिपय औषधि ग्यास्ट्रिकको कारक बन्न सक्छ। पेनकिलर बढी खानेहरूमा पनि ग्यास्ट्रिककाे सम्भावना बढी हुन्छ।
सुर्तीजन्य पदार्थ, ड्रग्स र अल्कोहलका कारण ग्यास्ट्रिक हुन्छ। कहिलेकाहीँ तनावका कारणसमेत समस्या देखिन्छ।
आयुर्वेदिक उपचार
आयुर्वेदिक उपचार पद्धतिबाट ग्यास्ट्रिकको उपचार दुई तरिकाले गरिन्छ, औषधि प्रयोग गरेर वा औषधिको प्रयोगविनै।
खासगरी पेटमा बढेको एसिडलाई शान्त पार्न विभिन्न किसिमका विधि प्रयोगमा ल्याइन्छ। यदि ग्यास्ट्रिक भएको लामो समय भएमा औषधिका साथै बिरेचन र बमन विधिको प्रयोग गरिन्छ ।यसमा ग्यास्ट्रिकको अवस्था हेरेर बान्ता गराएर पेट सफा गरिन्छ ।
आयुर्वेदिक पद्धतिमा खानपान र जीवनशैलीलाई ध्यानमा राखेर उपचार गरिन्छ । खानपानमा ध्यान दिए ग्यास्ट्रिक सहजै निको पार्न सकिन्छ ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा