आफैँमा पूर्ण छैनन् कुनै पनि उपचार पद्धति: खाँचो छ एकीकृत चिकित्सा सेवा
नेपाल भौगोलिक तथा जैविक विविधता सम्पन्न राष्ट्र हो, जो विश्वमै जडिबुटीको लागि अनुपम भण्डारको रूपमा चिनिएको छ। नेपालमा करिब ७०० प्रजातिका जडिबुटी पाइन्छ। तर यसको अनुसन्धान एवं उपयोग हुन सकेको छैन। अर्कोतिर हिमाली जडिबुटीको खाद्य एवं औषधिको दृष्टिकोणले पाश्र्व प्रभाव नहुने हुँदा संसारभर यसको माग बढि रहेको छ।
भौगोलिक विकटताका कारण देशका ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि स्वास्थ्य सेवा उनीहरूको पहुँचभन्दा धेरै टाढा रहेको छ। सामान्य स्वास्थ्य समस्याहरूका लागि विदेशी महँगा औषधि खरिद गर्ने नसक्ने उनीहरूको अवस्था छ भने अर्कोतिर आफ्नै घर आँगनमा पाइने जडिबुटीहरूको पहिचान र ज्ञानको अभावका कारण विभिन्न स्वास्थ्य समस्याहरूले पिल्सिएर बस्नुपर्ने बाध्यता छ। यी जडिबुटीहरू कौडीको मूल्यमा विदेश निर्यात गरी त्यसैबाट बनेका महँगा आयातित औषधिहरूको प्रयोग गनुपर्ने बाध्यताका कारण देशका हरेक नागरिक आर्थिक मारमा परेका छन्।
यही परिवेशमा स्वास्थ्य सुविधा हैन अधिकार हो भन्ने सिद्धान्तमा आधारित भएर स्वास्थ्थ सेवामा जनताको पहँुच बढाउनु एवं गम्भीर रोग लाग्नुभन्दा अघि नै त्यसबाट सचेत भई रोकथाम गर्ने धारणा विकास गर्नु आजको आवश्यक्ता हो। यसका साथै आफनेै देशमा उपलब्ध जडिबुटी प्रयोग गरी आयुर्वेदिक औषधिहरू तयार पारी सर्वसुलभ रूपमा उपल्ब्ध गराउनका लागि राष्ट्रिय स्तरमा र विकास गर्नु पनि आजको टड्कारो आवश्यकता देखिएको छ।
वर्तमान अवस्थामा दैनिक जीवनयापनको शैली प्रदूषित वातावरण अस्वस्थकर र मिसावटयुक्त खाना विषालु रासायनिक पदार्थको प्रयोगबाट उत्पादित फलफूल तथा छ। तरकारीको प्रयोग आदिले गर्दा देशमा अस्पतालको संख्या दिनप्रतिदिन रोगीको संख्या घटेको छैन। यदि प्रतिदिन सर्ने तथा नसर्ने रोगका साथै नयाँ–नयाँ रोगहरू देखा परिरहेका छन्।
आयुर्वेद संसारको सबैभन्दा पुरानो चिकित्सा पद्धति मानिन्छ। यसप्रति हरेक नेपालीको आस्था एवं विश्वास गहिरो छ। यो नेपालीको सभ्यता र संगठनको एक रिपोर्ट अनुसार करिब ८० प्रतिशतभन्दा बढी नेपालीहरू प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा जडिबुटीद्वारा निर्मित औषधिहरू प्रयोग गर्छन्। त्यसैले भनिन्छ, प्रत्येक नेपालीको भान्छामा आयुर्वेद चिकित्सा शुरु हुन्छ। अर्कोतिर विदेशीहरू खासगरी पश्चिमाहरूमा पनि यसको आकर्षण बढ्दै गइरहेको छ। यसको कारण नसर्ने रोगहरूले विकराल स्वास्थ्य समस्याको रूप लिनु हो।
कुनै पनि चिकित्सा पद्धति आफैँमा पूर्ण छैनन्। भनिन्छ, एलोप्याथी चिकित्सा सरुवा तथा संक्रमणजन्य रोग शल्यक्रिया तथा आकस्मिक स्वास्थ्य सेवामा प्रभावकारी छ भने जीर्ण तथा पुराना रोगहरूका लागि आयुर्वेद छालाको समस्याका लागि होमियोप्याथी र नशासम्बन्धी रोगमा चिनियाँ अकुपञ्चर पद्धति प्रभावकारी छन्। यस्तै योग, आसन र प्राणायाम आरोग्य, आत्म विकास र बौद्धिक मनोबल वृद्धि तथा चित्तशुद्धिका लागि उपयोगी छन्।
यी चिकित्सा प्रणाली पूरक रूपमा काम गर्न सक्छन्। जनताको रोजाइअनुसारको सेवा स्थानीय तहदेखि नै लागु गरी स्वास्थ्य रोकथाम, प्रवर्धन, उपचार र पुनःस्थापना सेवाका लागि ग्रामीण स्तरमा आधुनिक चिकित्सा, आयुर्वेद तथा अन्य विधाहरू समावेश गरेर एकिकृत चिकित्सा प्रणालीको विस्तार र विकास गर्न आवश्यक छ।
नारायण निरौला
प्रशासकीय अधिकृत, नेचर केयर अस्पताल
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने