Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घरघरकाे समस्या बन्दै मधुमेह, बच्न यस्ताे सल्लाह दिन्छन् विज्ञ

घरघरकाे समस्या बन्दै मधुमेह, बच्न यस्ताे सल्लाह दिन्छन् विज्ञ

आजभोलि कम उमेरका मानिसलाई पनि मुटुरोग, मधुमेह, उच्च रक्तचाप जस्ता रोग लाग्न थालेको छ। अस्वस्थकर खानपान, व्यायाम नगर्ने बानी र तनाव लगायत कारण मधुमेह घरघरको समस्या बनिरहेको जनस्वास्थ्यविदहरू बताउँछन्।

मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. प्रदीपकुमार श्रेष्ठका अनुसार प्याङ्क्रिज नामक अंगले नियमित रूपमा ‘इन्सुलिन निकाल्ने काम गर्छ। यही ‘इन्सुलनि’मार्फत व्यक्तिको शरीरभित्र रहेको चिनी शोषण गरी रक्तनलीमार्फत शरीरका विभिन्न अंगभित्र जान्छ। इन्सुलिनले प्रभावकारी अथवा राम्ररी काम गर्न नसकेको अवस्थामा शरीरभित्र रहेको चिनी रक्तनलीको कोशिकामा पस्न नसकी शरीरमा रहेको रगतमा चिनी जम्मा हुनुलाई नै ‘डाइबिटिज’ वा मधुमेह भनिन्छ।

‘प्याङ्क्रिजले पर्याप्त इन्सुलिन नबनाउने र लिभरले सुगर (चिनी) बढी निकाल्ने (फाल्ने) मधुमेहको शुरुवाती लक्षण हो’, डा श्रेष्ठ भन्छन्’, यस्तो अवस्थामा चिनी रगतमा जम्मा भई लिभरले रगतमा चिनी नै चिनीले भरिन्छ।’ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार कार्बोहाइड्रेटले इन्सुलिन बढी निकाल्ने तथा मानिसले दिनदिनै भात खाँदा दैनिक इन्सुलिन निकाल् ।

हाडजोर्नी विशेषज्ञ शैलाज रञ्जितकारका अनुसार हाम्रो शरीरमा रगत जाने नसा टाउकादेखि पैतालासम्म फैलिरहेका हुन्छन्। मानिसको खुट्टामा डाइबिटिज भयो भने खुट्टामा इन्फेक्सन भई हड्डी बिग्रन सक्छ। त्यसकारण बिरामी सतर्क हुनुपर्छ र समयमा नै चिकित्सक कहाँ पुग्नुपर्छ। मानिसको पाइतालामा धेरै स–साना हड्डी हुन्छ। नशामा रगतको आपूर्ति राम्रो भएन भने सङ्क्रमण हुन्छ र रगत जाने नसा संक्रमणले खाइदिने डा. रञ्जितकार बताउँछन्।

तिलगंगा अप्थाल्मोलोजी इन्स्टिच्युटका नेत्ररोग विशेषज्ञ इली प्रधान आँखा रोगीमध्ये पाँच प्रतिशतले मधुमेहका कारण सदाका लागि आँखाको दृष्टि गुमाउने गरेको बताउँछिन्। हरेक व्यक्तिले समय समयमा आँखाको जाँच गर्नुपर्ने उनको भनाइ छ।

समयमा नै अस्पताल पुगेर चिकित्सा सेवा लिएमा ९० प्रतिशत आँखाका ज्योति बचाउन सकिने डा. प्रधान बताउँछिन्। चस्माको पावर छिटोछिटो बढ्नुका कारणमा मधुमेहको लक्षण पनि भएको उनको भनाइ छ।

चिकित्सकहरूका अनुसार, बिलासी जीवनशैली र खानपानमा गरिने लापरबाहीका कारण मधुमेहसँग सम्बन्धित समस्या बढेका छन्।आनाबानी, रहनसहन, खानपानका कुरा, व्यायाम नगर्ने बानी र तयारी खानेकुराको बढ्दो प्रयोगले मधुमेह बढिरहेको खाद्य प्रविधिविज्ञ आलोक श्रेष्ठ बताउँछन्।

जीवनशैलीमा आएको परिवर्तनका कारण मम, चाउमिन, चाउचाउ, बिस्कुट तथा पिज्जाजस्ता आकर्षक खाद्यवस्तुको प्रयोगमा वृद्धि भइरहेका कारण मधुमेहको समस्या बढेको खाद्य प्रविधिविज्ञ श्रेष्ठ बताउँछन्।

मुटुरोग विशेषज्ञ डा. रेग्मी मधुमेह रोग लागेका व्यक्तिले विशेष गरेर ग्लुकोजयुक्त वा सजिलै ग्लुकोजमा परिणत हुने खालको खानेकुराको सेवनमा कमी ल्याउनुपर्ने सुझाव दिन्छन्।। त्यस्तै कोलेस्ट्रोलयुक्त खाना कम गर्ने र रक्तचाप नियन्त्रण गर्नुपर्छ। ‘नेचुरल फुड’ अर्थात् पोलिस नगरिएका चामल, फलफूल तथा सागसब्जीको प्रयोग बढाउनुपर्छ ।

मधुमेह भएका मानिसले थोरै थोरै गरेर दिनको ६ पटक खाना खानुपर्ने डाक्टर रेग्मी बताउँछन्। मिर्गौलालाई भार पर्न नदिन प्रोटिन र कार्बोहाइड्रेटको मात्रा मिलाएर खाना खानुपर्ने उनको भनाइ छ। ‘प्लान्ट ओरिजिन’बाट बनेका तेलमा कोलेस्ट्रोल हुँदैन। एनिमल ओरिजिन फुडमा कोलेस्ट्रोल हुन्छ।

मधुमेहले शरीरका आन्तरिक अंग आँखा, मुटु, मिर्गौला तथा दिमागलाई हानि गर्छ भन्ने कुरा धेरैलाई थाहा नभएको डा. रेग्मी बताउँछन्। उनका अनुसार रक्तचाप, मोटोपन आदि मधुमेहसँग जोडिएर आउने रोग हुन्।

विज्ञहरूका अनुसार मधुमेहले व्यक्तिको शरीरभित्र रहेको रगतलाई बाक्लो बनाइ दिन्छ। यसले रक्तनलीको भित्री भागलाई बिगार्ने र रक्तनलीमा कोलेस्ट्रोल ‘डिपोजिट’ गर्ने गर्छरिदिन्छ। सन्तुलित भोजन लिने (जसमा क्यालोरीको मात्रा फिक्स्ड हुनुपर्छ), दैनिक ६० मिनेट व्यायाम गर्ने, धूमपान–मद्यपान नगर्ने र तौल सन्तुलनमा राख्नुपर्ने तनाव व्यवस्थापन गर्नुपर्ने डा. रेग्मी बताउँछन्।

रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि