माेतिविन्दुकाे उपचार
आँखामा धमिलोपन आई हेर्ने क्षमतामा कमी आउनुलाई मोतिबिन्दु भनिन्छ । नेपालमा अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्यामध्ये मोतिबिन्दु प्रमुख कारण हो। प्रायः उमेर बढ्दै गएपछि अधिकांश मानिसमा यो देखिन्छ।
बुढेसकालमा प्रोटिनको कमीका कारण आँखाको लेन्स क्षमतामा ह्रास आउँछ । आँखाले धमिलो देख्न थाल्छ। मधुमेह तथा हाइपरटेन्सनलगायत रोगका कारण पनि मोतिबिन्दु हुन्छ।
शरीरमा विषाक्त पदार्थको मात्रा बढ्दा, विकिरण, सूर्यको परावैजनी किरण, सूर्तीजन्य पदार्थको सेवन आदि कारणले आँखामा असर गर्छ ।
मोतिबिन्दु भइसकेपछि प्रभावकारी उपचार शल्यक्रिया नै हो। यो रोग औषधिले ठीक हुँदैन। पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राख्ने शल्यक्रिया गर्नुपर्छ। आँखामा रहेको झिल्ली सानो प्वाल पारेर लेन्स निकालिन्छ। यो सानो र सुरक्षित शल्यक्रिया हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण