जाडोमा कति पिउने पानी?
पानीविना जीवन सम्भव छैन। मानव शरीरमा ५५ देखि ७५ प्रतिशत पानी हुन्छ। शरीरले आफ्नो गतिविधि सञ्चालनमा धेरै पानी खर्च गर्छ।
सास फेर्नेदेखि शरीरका अन्य अंग चलाउँदा पनि पानी खर्च हुन्छ। पसिना र मूत्रको रूपमा शरीरको विषाक्त पदार्थलाई बाहिर निकाल्न पानीको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले पटक पटक पानी पिएर शरीरमा पानी पूर्ति गर्न सक्छौँ।
जाडोयाम शुरु हुनासाथ हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ। जाडोयाममा प्यास कम लाग्ने कारण हामी कम पानी पिउँछौँ।
शरीरमा पानीको मात्रा कम भएर जाडोमा मानिसहरुलाई कब्जियत, ग्यास वा अन्य समस्याहरूले सताउन पनि सक्छ। त्यसैले यस्ता समस्याबाट बच्न खानपानमा ध्यान दिनुपर्छ।
शरीरमा १० प्रतिशत तरल पदार्थ कम भएमा कुनै पनि मौसममा ‘डिहाइड्रेसन’को खतरा बढ्छ। त्यसैले शरीरलाई स्वस्थ, उर्जामय राख्न तथा मिर्गौलाजस्ता अंगको कार्यसम्पादन ठिक राख्न पनि बारम्बार पानी पिउन आवश्यक छ।
पानी अभावमा हामीलाई विभिन्न रोग लाग्न सक्छ। शरीरमा पानीको कमी स्वास्थ्यको लागि खतरनाक हुन्छ। त्यसैले जाडो याममा पनि कम्तीमा २–३ लिटर पानी वा तरल पदार्थ जस्तै कागती पानी, नरिवल पानी, ग्रिन टी आदि पिउनुपर्छ ।
अमेरिकन इन्स्टिच्युट अफ मेडिसिनले शरीरको लागि पानीको पर्याप्त आवश्यकताबारेएक अध्ययन गरेको छ । पुरुषले एक दिनमा ३ लिटर र महिलाहरूले दिनमा २.२ लिटर पानी पिउनुपर्ने अध्ययनले बताएको छ।
अध्ययनअनुसार भोजनको बीचमा पिइएको पानी पाचनमा धेरै लाभदायी हुन्छ। त्यस्तै फलफूलको सेवन गर्दा पानी पिउनु राम्रो होइन किनभने पेटमा रहेका एसिड फलको ब्याक्टेरियासँग लड्छ यस्तोमा पानीले एसिडको उर्जा र तागत घटाउँछ।
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार