Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

प्लाष्टिक सर्जरीका जोशिला जसवन

प्लाष्टिक सर्जरीका जोशिला जसवन

डा. जसवन शाक्य अहिलेका चलेका उत्कृट प्लाष्टिक सर्जन हुन्। १० वर्षदेखि उनी सुष्मा कोइराला मेमोरियल अस्पतालमा निर्देशक पदमा रहेर काम गरिरहेका छन्।

एसएलसीपछि उनले साइन्स विषय रोजे। त्यसबेला साइन्स पढेपछि डाक्टर नै पढ्नुपर्छ भन्ने मान्यता थियो। उनलाई पनि डाक्टर पढ्ने रहर थियो र त्यसैले अन्य साथीसहित उनी पनि एमबीबीएस पढ्न रुस गए। रुसमा एमबीबीएस सकेर त आए तर काम पाउनै समस्या भयो।

जसवनले कान्ति बाल अस्पतालमा १ वर्षभन्दा बढी ‘भोलिन्टियर’का रूपमा काम गरे। पद खाली भयो भने राखौँला भनेका थिए। तर उनका लागि मिल्ने पद खाली नै भएन। त्यहाँ काम गर्दा उनले धेरै कुरा सिके।। यसैबीच उनले नेपाल मेडिकल कलेजमा दुई महिनाको जागिर खुलेको थियो थाहा पाए। कान्ति छोडेर त्यहाँ पुगे। त्यसपछि उनी चितवनको कुरिनघाटमा गएर १४ महिना काम गरे।

पोष्ट ‘ग्र्याजुयट’ नगरी राम्रो काम पाइँदैन भन्ने लागेर उनी सर्जरी पढ्न किर्गिजस्तान गए। ‘बाल अस्पतालमा काम गर्ने बेलामा त्यहाँका बालबालिकासँग घुलमिल हुँदा मलाई बाल सर्जरी बढ्न मन थियो’, उनले भने, ‘त्यही वेलादेखि सर्जरीप्रति रुचि बढ्दै गयो।’

पढ्न जानुअघि उनी सुष्मा कोइराला मेमोरियल अस्पताल पुगेर काम गर्न चाहेको बताए। त्यसबेला त्यहाँ जर्मन डाइरेक्टर थिए। उनले काम गर्ने अनुमति दिए। काम गर्दै जाँदा आगोले पोलको बिरामीहरूको दुःख देख्दा उनलाई यही विषयमा विशेषज्ञता लिन मन लाग्यो। पढ्न बाहिर गए पनि पछि फर्केर सुष्मामै काम गर्छु भनेर उनी पढ्न गए । शर्तमुताविक उनी ३ वर्षको पढाइ सकेर आएर ‘सुष्मा’मै काम गर्न आइपुगे। सन् २००८ देखि उनी त्यहीँ कार्यरत छन्। उनको क्षमता देखेर एक वर्षमै नै उनलाई अस्पतालले निर्देशक बनायो। आगोले वा अन्य कारणले बर्न भएका बिरामीका लागि विशेष अस्पताल हो सुष्मा कोइराला मेमोरियल अस्पताल । जहाँ उनीहरुको विशेष उपचार गरिन्छ ।

विदेशमा बस्ने नेपालीहरू सबै नेपालमै आएर कस्मेटिक सर्जरी गरुन् भन्ने चाहना छ जसवनको। ‘विदेशमा भन्दा निकै कम शुल्कमा यहाँ सर्जरी हुन्छ। यो कुरा उनीहरूलाई  बुझाउनु पर्छ’, उनले भने। कस्मेटिक सर्जरी भनेको राम्रो हुन मात्र गर्ने नभई यसले व्यक्तित्व बढाउनुका साथै ‘कन्फिडेन्स लेबल’ पनि बढाउने उनको भनाइ छ।

यही बिचमा उनी प्लाष्टिक सर्जरीमा फेलोसिप गर्न बैंकक गए। त्यो त एउटा सर्टिफिकेट थियो। त्योभन्दा बढी उनले विभिन्न समयमा अस्पतालमा आउने जर्मन डाक्टरहररूसँग काम गर्ने मौका पाए। ‘त्यसले ज्ञानको क्षेत्र अझ फराकिलो बनायो’, उनी भन्छन्, ‘विदेशी विशेषज्ञहरूसँग प्रत्येक दिन जसो काम गरियो। उनीहरूबाट धेरै कुरा जानेँ।’

उनलाई नेपालमा प्लाष्टिक सर्जरी त्यो पनि कस्मेटिक सर्जरीमा निकै ‘स्कोप’ छ जस्तो लाग्छ। उनी भन्छन्, ‘नेपालमा कस्मेटिक सर्जरी निकै सस्तो विदेशमा बस्ने नेपालीहरू सबै नेपालमै आएर कस्मेटिक सर्जरी गरुन् भन्ने चाहना छ जसवनको। ‘विदेशमा भन्दा निकै कम शुल्कमा यहाँ सर्जरी हुन्छ। यो कुरा उनीहरूलाई  बुझाउनु पर्छ’, उनले भने। कस्मेटिक सर्जरी भनेको राम्रो हुन मात्र गर्ने नभई यसले व्यक्तित्व बढाउनुका साथै ‘कन्फिडेन्स लेबल’ पनि बढाउने उनको भनाइ छ।पनि छ, अन्य दशेको तुलनामा।’ ‘बेलायत, अमेरिकातिर ५ लाख पर्ने ‘आई लिड सर्जरी’  आँखा मिलाउने शल्यक्रिया  हामी ४५ हजार रुपैयाँमै गछौँ’, उनी भन्छन्, ‘क्वालिटी’ त्यही नै हो।’ त्यसैले धेरै विदेशी नेपाल आएर सर्जरी गराउने गरेको उनी बताउँछन्। ‘तर अझै धेरैलाई जानकारी नभएका कारण विदेश पुगेर चर्को मूल्य तिर्छन्’, उनी भन्छन्।

पछिल्लो समय कस्मेटिक सर्जरीमा आकर्षण बढेको त छ। तर मानिसहरू सही र गलत छुट्याउन सकिरहेका छैनन्। आँखा ठूलो बनाउने सर्जरी, स्तन सानो ठूलो बनाउने, नाक मिलाउने जस्ता सर्जरी निकै चलेको उनी बताउँछन्। सस्तो विज्ञापनको पछि लाग्नुभन्दा बुझेर सही ठाउँमा जानुपर्ने उनको भनाइ छ।

अहिले उनी दैनिकजसो कस्मेटिक सर्जरी  गर्छन्। फुल टाइम सुस्मामा काम गर्ने शाक्य साँझपख स्वस्ती लेजर तथा स्किन केयरमा समय दिन्छन्। यहाँ पनि उनका रेगुलर बिरामी छन्। हामी मेडिकल टुरिजमको कुरा गर्छौ । तर सम्भावनाकोवारेमा पनि कुरा गर्न जरुरी छ । कस्मेटिक सर्जरीमा धेरै बाहिरका बिरामी ल्याउन सकिन्छ जस्तो उनलाई लाग्छ ।

योजना

विदेशमा बस्ने नेपालीहरू सबै नेपालमै आएर कस्मेटिक सर्जरी गरुन् भन्ने चाहना छ जसवनको। ‘विदेशमा भन्दा निकै कम शुल्कमा यहाँ सर्जरी हुन्छ। यो कुरा उनीहरूलाई  बुझाउनु पर्छ’, उनले भने। कस्मेटिक सर्जरी भनेको राम्रो हुन मात्र गर्ने नभई यसले व्यक्तित्व बढाउनुका साथै ‘कन्फिडेन्स लेबल’ पनि बढाउने उनको भनाइ छ।

थप समाचार

प्लाष्टिक सर्जरीका जोशिला जसवन

प्लाष्टिक सर्जरीका जोशिला जसवन