स्वास्थ्यका दृष्टिले यस्ताे महत्त्व छ कुशकाे
सनातन हिन्दु समाजमा भाद्र कृष्ण औँसीमा घरघरमा कुश भित्र्याउने परम्परा छ। कुशेऔँसीमा काटेको कुश एक वर्षसम्म पूजाआजा तथा पितृकार्यका लागि प्रयोग गरिन्छ।सनातन धर्मावलम्बीहरूका देवकार्य वा पितृकार्य कुशबिना पूरा हुँदैन।
कुश औँसीमा बाहेक अरु दिन काट्न नहुने विश्वास गरिन्छ। कुनै पनि कार्यमा कुश जरादेखि टुप्पोसम्म भएको प्रयोग गर्नुपर्ने बताइन्छ।
आयुर्वेदमा कुशबाट बनेका विभिन्न औषधिहरूको उल्लेख पाइन्छ। कुशको जरा र पातबाट विभिन्न प्रकारका औषधि बन्छ। चर्म, रक्त, मूत्र र क्षयरोगलगायत रोगका लागि कुशबाट बनेका औषधिहरूको प्रयोग गरिन्छ।
कुशको प्रयोगबाट हृदयरोग नहुने शिरको दुखाइ नहुनेजस्ता आयुर्वेद र पुराणहरूमा बताइएको छ। नवजात शिशुलाई खुवाउने दूध नआए आमालाई कुशबाट बनेको औषधि खुवाइन्छ।
कुशको टुप्पामा ‘फोनेटिक भाइब्रेसन’ सुचालन गर्ने क्षमता भएको वैज्ञानिकहरू बताउँछन्। यसले विभिन्न उपकरणहरूबाट आउने हानिकारक विकिरणलाई नाश गर्ने क्षमता राख्छ।
कुशबाट उत्पन्न हुने चुम्बकीय प्रभावले रक्तसञ्चारलाई समेत सहज बनाउने अनुसन्धानले बताएको छ। ढोकामाथि सिउरिएको कुशले कोठाको वातावरणलाई स्वच्छ बनाउने अनुसन्धानबाट पत्ता लागेको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो