बालबालिकालाई कुपाेषण हुन नदिन…

शरीरलाई आवश्यक सन्तुलित आहार लामो समयसम्म प्राप्त नहुँदा हुने अवस्थालाई कुपोषण भनिन्छ। कुपोषणको समस्याबाट पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित हुन्छन्।
कुपोषणले बच्चाको शारीरिक तथा मानसिक विकासमा पूर्णतः प्रभाव पार्छ। कुपोषण भएको अवस्थामा रोगसँग लड्न सक्ने क्षमता धेरै नै कम हुन्छ। यसले अन्य रोगको संक्रमण हुने खतरा पनि बढाउँछ।
बच्चा छिट्टै रोगी हुने, शरीरको तापक्रम एकदमै कम हुने आदि समस्या देखिन्छन्। कुपोषणले बच्चाको शारीरिक तथा मानसिक विकासमा बाधा पुर्याउँछ। समयमा नै उपचार नपाए बालबालिकाकाे मृत्यु हुनसक्छ ।
कुपोषण हुन नदिन बालबालिकालाई पर्याप्त स्तनपान गराउन जरुरी छ। स्तनपानले साना बच्चाको पोषणमा ठूलो सहयोग पुर्याउँछ।
नियमित रूपमा ताजा फलफूल, हरियो सागसब्जी र प्रोटिनयुक्त खानेकुरा जस्तै: गेडागुडी, दाल खुवाउनुपर्छ।
वेलावेलामा बच्चाको स्वास्थ्य परीक्षण गराउन आवश्यक छ। कुपोषण सुरुवाती चरणमै भएमा पौष्टिक खाना खुवाएरै निको पार्न सकिन्छ ।
कुपोषणको अवस्था जटिल देखिएमा अस्पतालमा भर्ना गर्नुर्छ। चिकित्सकको सल्लाहबमोजिम खाना खुवाएर उपचार गर्न सकिन्छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने