गर्मीमा यसरी जाेगिनुस् ‘फुड पोइजनिङ’बाट

सामान्यतया गर्मी मौसममा बढी ‘फुड पोइजन’ हुन्छ। गर्मी मौसममा खाना चाँडो बिग्रिन्छ। चाँडो अमिलिन्छ।
जुनसुुकै खानेकुरा खाँदा पनि फुड पोइजन हुन सक्छ। पकाएकै खानेकुराले पनि फुड पोइजन हुन्छ। पकाएका खानाभन्दा नपकाएको खाना खाँदा फुड पोइजन हुने सम्भावना बढी हुन्छ।
खानेकुरा पकाउँदा ब्याक्टेरिया मर्ने भएकाले पाकेको खाना खाँदा फुड पोइजनको जोखिम कम हुन्छ। गर्मीमा काँचो गाँजर, मुला, साग, धनियाँ लगायतका सलाद खाँदा सचेत हुनुपर्छ।
कसरी हुन्छ?
शहरी क्षेत्रमा अव्यवस्थित ढललगायतको फोहोरका कारण खानामा संक्रमणको जोखिम बढी हुन्छ। पानीका कारणले पनि फुड पोइजन हुनसक्छ। विशेषगरी ब्याक्टेरिया, प्यारासाइटजस्ता किटाणुले फुड पोइजन गराउँछ।
संक्रमित खाना खाएपछि पेट तथा आन्द्रामा असर गर्छ। रियाक्सन भएपछि वाकवाकी आउने, बान्ता हुने जस्ता लक्षण देखिन्छन्। सामान्यतया वाकवाक लाग्नु, बान्ता हुनु, डाइरिया हुनु फुड पोइजनका मुख्य लक्षण हुन्। ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने पनि हुन सक्छ। दिसा र बान्तामा रगत देखिनु जटिल लक्षण हुन्। यस्तो देखिएमा तुरुन्तै उपचार गर्नुपर्छ।
बाल, वृद्ध तथा गर्भवतीमा फुड पोइजनिङ हुनु जोखिमपूर्ण हुन्छ। पातलो दिसा तथा बान्ता भएर पानी र नुनको मात्रा सकिँदै जान्छ, पानीको मात्रा शरीर बाहिर जान्छ। गर्भवतीमा पनि आमा र बच्चालाई अझ धेरै पानी चाहिने भएकाले थोरै मात्रै पानी शरीर बाहिर गयो भने जोखिम हुन सक्छ। बुढेसकालमा शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुँदै जाने भएकाले वृद्ध उमेरकालाई समेत फुड पोइजनले बढी असर गर्छ।
उपचार
सामान्यतया फुड पोइजनले दीर्घकालीन असर गर्दैन। समयमै उपचार गरियो भने फुड यसबाट बच्न सकिन्छ। सामान्यतया संक्रमित खाना खाएको केही घण्टादेखि तीन दिनसम्म फुड पोइजनको प्रभाव देखिन्छ।
बान्ता भयो भने रोक्ने औषधि खानुपर्छ। लगातार बान्ता भइरह्यो भने इन्जेक्सनमार्फत औषधि चलाउनुपर्छ।
बान्ता नभएर डाइरिया मात्र भयो भने डाइरिया रोक्ने औषधि खानुपर्छ। डाइरिया मात्रै भयो भने नुन, चिनी पानी वा जीवनजल खानुपर्छ। बान्ता नभएको अवस्थामा जीवनजल नै खाँदा पनि डाइरिया कम हुन सक्छ । शरीरमा पानीको मात्राको अभाव नहुँदा जोखिम कम हुन्छ।
लगातार तीन दिनसम्म बान्ता वा डाइरिया रोकिएन भने चिकित्सककहाँ जानुपर्छ। चक्कर लाग्यो, १०३.४ डिग्रीभन्दा बढी ज्वरो आयो भने जोखिम हुन्छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने